रेडियो हिमालयन , श्रावण १५ । खेत कामको थकानको मध्य समयमा नेपालीमाझमा एउटा लोकप्रिय चाडहरु मध्ये असार १५ र श्रावण १५ पनि हो । श्रावण १५ मा खिर खाएर मनाइन्छ भने श्रावण १५ गते चामल, दूधका साथ अन्य सुक्खा फलहरूको मिश्रणबाट तयार पारिएको खीर खाइन्छ । यो चलन अहिले खेती किसानीमा लाग्नेहरूबीच मात्र नभएर अन्य पेसामा रहेका व्यक्तिहरूमा समेत लोकप्रिय हुँदै गएको छ । यस दिन परिवारका सदस्य र आफन्त सँग बसेर खीर खाने चलन छ । नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खीर खाने चलन रहदै आएको छ । खीरका बिभिन्न प्रकारहरु हुन्छन् । खीर कसरी बनाउने भन्ने बारे जान्नुहोस् ।
गढवाली खीर
चामल भिजाएर दूधमा उमाल्ने । सुकमेलको धुलो हाल्ने र अर्को कराहीमा काजू किसमिसलाई रातो भइन्जेल घिउमा पकाउने । भाँडोमा सख्खरको धूलोमा पषनी हाली बाक्लो घोल बनाउने । दूध भात पकाइएको भाँडोमा तताइएको आधा भाग काजु र किसमिस हालेर पकाउने अनि सख्खरको बाक्लो द्धोल दूध र भात भएको भाँडोमा हालेर र राम्रोसँग चलाएर सर्भ गर्नुे । मधुमेह भएका हरुले पनि खान मिल्ने यो खीर अत्यन्तै मिठास हुन्छ ।
मिक्स फ्रुट खीर
नासपति, आरु बखडा, स्ट्रबेरी तथा आरुलाई स–साना टुक्रा पारी बटर तथा चिनीसँगै पकाउने । पाकेको भातलाई कराहीमा बटर हालेर चलाउँदै मिसाउने । त्यसमा दूध हाल्ने र कर्नस्ट्राचलाई पानीमा घोलेर दूध र भात सँगै मिसाउने अनि चलाउँदै बाक्लो हुन्जेल पकाउने । त्यसमा आवश्यकताअनुसार चिनी पनि हाल्ने । अन्त्यमा तयार पारेर राखिएको फ्रुट हाल्ने । यो खीर तातोभन्दा पनि चिसो बनाएर खाँदा स्वादिष्ट हुन्छ ।
स्याउको खीर
स्याउका टुक्रा काटेर चिनी पानीमा पकाउने र भाँडामा दूध द्धोलेर दुई चम्चा कर्नफ्लोर पकाउने र दूध उम्लिएपछि चिसो बनाउने । त्यसपचि पकाइएको स्याउको टुक्रा ओखर सहित छर्केर खाने ।
लौकाको खीर
हरियो लौकाको बोत्रा र गुदी हटाएर कोरेसोमा कोरेर हल्का पानी हालेर पकाउने र पानी निथारेर राख्ने । अर्को भाँडामा दूध उमाल्ने । उम्लिएको दूधमा भिजाइएको साबुदाना पकाउने । केही बेर चलाएर चलाउने । लौका हालेर थप पकाउने । त्यसमा खुवा हाली चलाउँदै पकाउने । यसरी पकाउने क्रममा सुकमेलको धूलो, काजु, किसमिस तथा पेस्ताको टुक्रा पनि हाल्ने र काजु पिँधेर तयार पारिएको घोल मिसाई चलाउँदै पकाउँदै जाने । जब खीर बाक्लो हुन थाल्छ त्यसपछि चिनी हालेर केहीबेर चलाएर झिक्ने । काजु र किसमिस प्रयोग गरेर सर्भ गर्ने ।