नवलपरासी, श्रावण १५ । नवलपरासी जिल्लाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगर्मा पक्राउ परेका छन् ।
बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।