
काठमाडौं, ०९ चैत्र ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० को १ ६ औँ वार्षिक साधारण सभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताउनुभयो । देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले एमाले समय अगाडि नै बाहिरिनुपरेको उहाँको भनाइ छ । मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभयो । संविधानको व्यवस्था र मर्म विपरीत जान खोज्ने सबैको अवस्था ओली नेतृत्वको सरकारको जस्तै हुने उहाँको भनाइ थियो ।