हामीसँग जोडिनुहोस

प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ आजबाट सुरु

2 मिनेट

भक्तपुर, ९ चैत : भक्तपुरमा आजदेखि प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ । लिबालीको कभर्ड हलमा सुरु भएको प्रतियोगिताको आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नु भयो ।

खेलकुद विकासको सम्बद्र्धन, प्रवद्र्धनको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक भएको बताउदै उहाँले राष्ट्रको गौरव बढाउने र अनुशासित ढंगले खेलाडीहरुले खेल प्रतियोगितामा भाग लिनु आवश्यक रहेको औल्याउनु भयो । नेपाल सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै खेलकुद विश्वविद्यालय स्थापना गरी खेलाडीहरु दिक्षित गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिदै भक्तपुर नगरपालिकाले महेश्वरी खेलमैदानमा स्टेडियम बनाउने तयारी गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिताले ब्याडमिन्टन क्षेत्रको विकास र प्रवद्धनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । त्यसअवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शमा,भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका उपाध्यक्ष एवं संयोजक नबिन प्रजापति, रेफ्री अनुपरत्न शाक्य र खेलाडी आयुष प्रजापतिले निष्पक्ष र अनुशासित ढंगले खेल सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

चैत १२ गते सम्पन्न हुने प्रतियोगितामा सातवटै प्रदेश र ५५ जिल्लाबाट सहभागि खेलाडीलाई खाने तथा बस्ने व्यबस्था संघले आयोजना गरेको संयोजक प्रजापतिले बताउनु भयो । प्रतियोगितामा एनआरएसहित १९७ समूह र २०१ जना खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वर्ष मुनि (पुरुष), १५ वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल, भेट्रान डबल (४५ बर्ष माथि) र पुरुष डबल गरि ६ वटा विधाहरुमा खेल हुनेछ ।

प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष तथा महिलातर्फ प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार तृतीयलाई सात हजार ५००, पुरुष एकल प्रथमलाई ३५ हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १२ हजार ५०० नगद पुरस्कार दिइनेछ ।

त्यस्तै पुरुष एकल तथा महिला एकलतर्फ प्रथमलाई ३५ हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १२ हजार ५००, भेट्रान डबल र पुरुष डबलतर्फ प्रथमलाई ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई सात हजार ५०० नगद पुरस्कार वितरण गरिने संयोजक प्रजापतिले जानकारी दिनुभयो । प्रतियोगितामा कुल १६ लाख ८६ हजार ५०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।