
काठमाडौं, ०९ चैत्र ।
गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताउनुभएको छ । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै उहाँले कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताउनुभएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताउनुभयो । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उहाँले जानकारी गराउनुभयो ।