
काठमाडौं, ०९ चैत्र ।
फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति दिएको छ । एन्फाले नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट एनएसइएमलाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो । एनएसइएमले २ चैतमा एन्फालाई पत्र लेख्दै एनएसएलका लागि २५ चैतदेखि १ जेठसम्मको मिति माग गरेको थियो । एन्फाले त्यही मितिमा एनएसएल गर्नका लागि स्वीकृति दिएको हो । एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीको हस्ताक्षर रहेको पत्रमा एनएसएलका लागि स्वीकृति दिएको उल्लेख छ । एनएसइएमका सीइओ सुदीप शर्माले एन्फाबाट एनएसएल सञ्चालनका लागि स्वीकृति दिएको पत्र पठाएको बताए । वाक्य प्रीति फन्टमा टाइप गरेको वा प्रीति फन्टमा भएका अक्षरहरुकै अनुसार युनिकोडमा यहाँ देखिनेछन् । यसलाई कपी गरेर आफूले चाहेको ठाउँमा प्रयोग गर्नुहोस् । आशा छ, तपाईको लागि हाम्रो यो सानो प्रयास स्वरुप तयार गरिएको सहयोगी टुल उपयोगी हुनेछ ।