हामीसँग जोडिनुहोस

बिजुलीको बजार कहाँ होला भनेर चिन्ता गर्नु पर्दैन, निर्यातको बाटो खुलिसकेको छ : ऊर्जामन्त्री भुसाल

1 मिनेट

काठमाडौं, ०९ चैत्र ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको बजार कहाँ होला भनेर चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा उहाँले विद्युत् निर्यातको बाटो सरकारले खोलिसकेको बताउनुभयो ।
मन्त्री भुसालले बिजुली निर्यात बढाउनका लागि भारतसँग राजनीतिक र कुटनीतिक हिसाबले संवाद भइरहेको बताउनुभयो । उहाँले निर्यात बढाउनका लागि वातावरण सकारात्मक बन्दै गएकाले ठूलो लाभ प्राप्त हुने दाबी गर्नुभयो । चीनले समेत माथिल्लो अरुण परियोजनामा आफैँ लगानी गरेर बिजुली लैजान चासो व्यक्त गरेको मन्त्री भुसालको भनाइ छ । मन्त्री भुसालले बगेको पानीलाई विद्युतको युनिटमा बदल्न सके मात्रै आर्थिक विकास हुने दाबी गर्नुभयो ।
छलफल कार्यक्रममा स्वदेशी लगानीकर्ताले सरकारले परियोजनाको समय र लागत नबढाउने विषयमा प्रतिबद्धता गरे लगानी गर्न तयार रहेको बताएका छन् । माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकायसमेत तयार रहेको विद्युत् प्राधिकरणले बताएको छ । आयोजनाको कुल लागत दुई खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ । आयोजना निर्माणका लागि नौ वर्ष लाग्ने प्राधिकरणले बताएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।