हामीसँग जोडिनुहोस

२० अङ्कले घट्या नेप्से, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो

1 मिनेट

काठमाडौं, ०९ चैत्र ।
दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ ।
आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय २६ वटा कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर दुई अर्ब चार करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज बुद्धभूमि हाइड्रोको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।