श्रावण १५ । भारतको संसदले तीनपटक बोलेर तत्काल सम्बन्धविच्छेद गरिने मुसलमान समुदायको एक अभ्यासलाई अपराध ठहर गर्ने एक विवादास्पद विधेयक पारित गरेको छ। यो कानुन बमोजिम अब यदि कुनै मुसलमान श्रीमानले आफ्नी श्रीमतिलाई त्यसरी सम्बन्धविच्छेद गरेको पाइए उनलाई ३ वर्षसम्म कैद सजाय हुन सक्छ।
भारतको लोकसभाबाट पारित भएको तीनतलाक विधेयक राज्यसभाबाट पनि पारित भएको छ। यो विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको थियो ।