१५, श्रावण । सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा २४ वटै मन्त्रालयले आर्थिक वर्ष २०७६्/७७ का लागि कार्ययोजना तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई विकासको कार्ययोजना सहित वार्षिक कार्ययोजना लिएर आउन निर्देशन दिएका छन् । बुधबार बिहान १० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष मन्त्रालयगत वार्षिक कार्ययोजना पेस गरेका हुन । सरकारको काममा सुस्तता आएको जनगुनासो बढेको भन्दै असार अन्तिम साता भएको मन्त्रालयहरूको समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कामको रफ्तार बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए । सोही बैठकमा उनले आगामी वर्षको कार्ययोजना बनाएर ल्याउन पनि निर्देशन दिएका थिए
ती कार्ययोजना आज प्रस्तुत हुने र कामको प्रगति विवरण पनि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाउनु पर्नेछ । मन्त्रालयहरूले प्राथमिकता निर्धारण गरेर तयार पारेको कार्ययोजना प्रधानमन्त्री समक्ष प्रस्तुत गर्ने यो पहिलो अभ्यास हो । प्रधानमन्त्रीले काममा परिणाम खोजेपछि यो अभ्यास गरिएको हो । मन्त्रीसँगै सम्वन्धित मन्त्रालयका सचिव पनि बैठकमा सहभागी थिए ।