हामीसँग जोडिनुहोस

नेपाल कोरिया मैत्री नगर अस्पतालमा आजबाट स्वास्थ्य बिमा सेवा सूचारु, सेवा लिन आउन नगर प्रमुख श्रेष्ठको आव्हान

2 मिनेट

भक्तपुर, २४ चैत : मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्य बीमा सेवा सुरु भएको छ । सरकारले स्वास्थ्य बीमावापतको नौ करोड रुपैयाँको भुक्तानी गर्न ढिलाई गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्य बिमा सेवा ६ महिना पछि आजबाट पुनः सूचारु भएको हो ।

आज अस्पताल व्यबस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्य बिमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिदै आएका विरामीले उपचार र बिमाको सेवा प्राप्तीका लागि अन्त भौतारिनु नपर्ने बताउनु भयो । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताउनु भयो ।

उहाँले स्वास्थ्य बिमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बिमा बोर्डले तिर्नु पर्ने नौ करोड रुपैयाँ बाँकी भएपनि बाध्य भएर सेवा बन्द गर्नु परेको बताउनु भयो ।

यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमन गरी बिमा वापतको बाँकी रकम भुक्तानी गर्ने तथा बिमा सेवा छिटो सुरु गराउने बताउनु भएको थियो ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य मन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बिमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गर्नु भएको बताउनु भयो । सेवा शुभारम्भ कार्यक्रममा नेकपा समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्य बिमा सूचारु गराउने स्वास्थ्य मन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका विरामीले पाएको समस्यकाबारेमा जानकारी गराएर पछि बिमा सूचारु गराउन सफल भएको बताउनु भयो ।

यसअघि बिमा सूचारु गराउन माग गर्दै नेकपा माओवादी केन्द्र मध्यपुरथिमिका सभापति विजय श्रेष्ठको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको थियो भने नेकपा समाजवादीका अध्यक्ष श्यामसुन्दर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बिमा सेवा सुचारु गर्न पहल गर्नु भएको थियो ।

आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । बिमा सेवा सुरु भएपछि आजैदेखि विरामीको चाप पनि अस्पतालमा बढेको छ ।

दैनिक कम्तीमा ६०० देखि बढीमा ७०० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउँने गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् ।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयू, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् । आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसीआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रुपमा चिनिएको थियो । अस्पतालले सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथ ल्याब, मिर्गौलाका बिरामीका लागि छवटा डायलायसिस मेसिन सञ्चालन तयारी गरेको उहाँले बताउनु भयो ।

स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथम बिन्दु अर्थात् सिफािरस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्दै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।