हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिकामा ६९ केन्द्रबाट टाइफाइड बिरुद्धको खोप अभियान

2 मिनेट

भक्तपुर २४ चैत : सूर्यविनायक नगरपालिका स्वास्थय शाखाले नगर क्षेत्रका ६९ वटा खोप केन्द्रबाट टाइफाइड बिरुद्धको राष्ट्रिय खोप अभियान २०७८÷०७९ भोलीबाट सुरु गर्ने भएको छ ।

अभिायन सुरु गर्ने भएपछि नगरपालिकामा आज सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँगको ‘एकदिने अभिमुखीकरण कार्यक्रम’ नगरपालिकामा आयोजना गरेको छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले टाइफाइड बिरुद्धको खोप अभियानलाई व्यापक बनाउदै सफल पार्नु पर्नेब ताउनु भयो । उहाँले आफूलाई पनि टाइफाइट भइसकेकाले यसको प्रकोप र यसले स्वास्थ्यमा पार्ने असरकाबारेमा थाहा भएको भन्दै उहाँले यो रोग लाग्दै नदिन जुन प्रकारको खोप सहयोगको आएको छ, त्यसलाई सफल पार्नु सबैको कर्तव्य रहेको औल्याउनु भयो ।

कार्यक्रममा नगरपालिकाकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष किरण थापाले भोलीदेखि नगरपालिकाका ६९ वटा खोप केन्द्रमा सञ्चालन हुने खोप अभियानलाई पूर्ण रुपमा सफल पार्नु पर्ने बताउनु भयो । उहाँले भोलीबाट सुरु हुने खोप अभियानलाई सफल पार्नु पर्ने बताउदै सबै वडामा जनप्रतिनिधि बस्ने भएकाले केही समस्या परेमा स्थानीय जनप्रतिनिधिले सहज सहजीकरण गर्ने बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेँलले यो खोप अभियान सम्पन्न गर्न आवश्यक सहयोग नगरपालिकाले गर्ने बताउदै सबै कर्मचारी एवं स्वास्थ्यकर्मीले जनगुनासो नआउने गरि खोप अभियान सञ्चालन गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा सूनपा स्वास्थ्य शाखाका प्रमुख बसन्त चापागाईले नगरपालिका अन्तर्गतका अस्पताल, स्वास्थ्य केन्द्र तथा उपकेन्द्र, शहरी स्वास्थ्य केन्द्रका प्राबिधिकि एवं स्वास्थ्यकर्मीलाई टाइफाइड बिरुद्धको खोप अभियानकाबारेमा प्रकाश पारिएको बताउनु भयो ।

उहाँले सूर्यविनायक नगरपालिकाको नगर अस्पताल, स्वास्थ्य चौकी सबै स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र लगायत ६९ स्वास्थ्यकेन्द्रबाट टाइफाइड बिरुद्धको खोप अभियान चलाइने बताउनु भयो ।

उहाँले विद्यालयका २४ हजार २२३ जना बालबालिका र विद्यालय बाहिरका २ हजार ७४९ गरि कूल २६ हजार ८७२ लाई टाइफाइड बिरुद्धको खोप लगाउने उदेश्य रहेको बताउनु भयो । खोप अभियान पूर्ण रुपमा सफल पार्ने बताउदै उहाँले मातहतका सबै कर्मचारीलाई अभियान सफल पार्न लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाध्यक्ष कमलनाथ आचार्य, वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, वडा नं. ६ का वडाध्यक्ष रामेश्वर ध्वजू , वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलगायतको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।