
काठमाडौं, २७ चैत्र ।
सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दैछ । जिल्लाबाट प्राप्त प्रतिवेदनबारे थप छलफल गर्न बैठक बस्न लागेको हो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सत्ता गठबन्धनका नेता दुर्गा पौडेलका अनुसार अपरान्ह ४ बजे बैठक डाकिएको हो । यसअघि गठबन्धनमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो । जिल्लाहरूबाट कुन दलको कस्तो अवस्था छ भन्नेबारे प्रतिवेदन आएपछि चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेर तालमेल ढाँचाबारे छलफल हुन लागेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन भएको छ।