हामीसँग जोडिनुहोस

एप्पल र सामसुङपछि गुगल पिक्सेल फोनमा पनि सेल्फ रिपेयर प्रोग्राम सुरु

1 मिनेट

काठमाडौं, २७ चैत्र ।
एप्पल र सामसुङपछि गुगलले पनि आफ्ना पिक्सेल फोनका लागि स्वयं मर्मत कार्यक्रम अर्थात् सेल्फ रिपेयर प्रोग्राम सुरु गरेको छ । गुगल पिक्सेल फोनका प्रयोगकर्ताहरूले अब आफ्नो बिग्रेको फोन आफैं मर्मत गर्न सक्नेछन् । गुगलले यसका लागि iFixit सँग साझेदारी गरेको छ जुन एक अनलाइन रिपेयर कम्युनिटी हो । सेल्फ रिपेयर कार्यक्रम अन्तरगत ग्राहकहरूलाई आफ्नो फोनको मर्मत गर्नका लागि चरणबद्ध प्रक्रिया बताइनेछ । आवश्यकता अनुसार प्रयोगकर्ताले गुगलको स्टोरबाट फोनका पाटपुर्जा खरिद गर्न सक्नेछन् ।iFixit बाट पिक्सेल टू देखि पिक्सेल ६ प्रो सम्मका स्मार्टफोनका पार्टस् खरिद गर्न सकिनेछ । पार्टस्को रुपमा ग्राहकले ब्याट्री, क्यामरा, डिस्प्लेका साथै iFixit Fix किटसमेत खरिद गर्न सक्नेछन् । उक्त किटमा स्क्रू ड्राइभर लगायतका टूल हुनेछन् ।
गुगलको आफै मर्मत गर्ने कार्यक्रम अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा युरोपेली युनियन सम्बद्ध मुलुकहरुमा यो वर्षको अन्त्यसम्ममा सुरु हुनेछ । गुगलले आफ्नो सेल्फ रिपेयरिङ कार्यक्रमका लागि एप्पल, एसर तथा लेनोभो जस्ता कम्पनीहरूसँग साझेदारी गरिसकेको छ । सामसुङले पनि यसका लागि iFixit सँग साझेदारी गरेको छ । सामसुङको यो कार्यक्रम अमेरिकामा पनि सञ्चालित छ । त्यस्तै एप्पलले पनि सेल्फ रिपेयर प्रोग्राम सुरु गरिसकेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।