
श्रावण १६ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।
नवनियुक्त मन्त्री योगेश भट्टराईले आज बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गद असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेपनि उहाँसँग करार सम्झौता हुन बाँकी छ ।
सरकारको आलोचक र समर्थक भएको बताउँदै केहिदिनपछि मन्त्रालयका कतिपय विवादास्पद कुराहरु सार्वजनिक गर्ने बताए । जहाज खरिद प्रकरणका कारण मन्त्रालय विवादमा तानिएको को छ ।
पर्यटनमन्त्री बनेपछि ‘सोसल मिडियामा धेरैले बधाइ दिएको बताउँदै उहाँले त्यो बधाइलाई चुनौतीको रुपमा लिएको बताउनुभयो ।