
काठमाडौं, ०८ बैशाख ।
निर्वाचन आयोगले जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । आज मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
अन्य जिल्लाहरुमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्ने पनि उहाँले बताउनुभयो । यस्तै शर्माले १ करोड १९ लाख मतपत्र छापिसकेको पनि जानकारी दिनभयो ।