
काठमाडौं,११ बैशाख ।
अमेरिकाले युक्रेनलाई पठाएको सात हजारभन्दा बढी जेभलिन एन्टी ट्यांक क्षेप्यास्त्र प्रणाली छिटोछिटो नाश हुँदा अमेरिका तनावमा पर्न थालेको छ । एक हप्तालाई पुग्ने जेभलिन युक्रेनी सेनाले एक दिनमै सक्ने गरेको छ । अनि त्यति धेरै जेभलिनले अहिलेसम्म जम्मा २६९ वटा रुसी ट्यांकलाई ध्वस्त पारेको प्रमाण छ ।
अमेरिकी सैन्य विश्लेषकहरूले जेभलिनको संख्या घट्दै गएकाले अमेरिकी नेतृत्व तनावमा रहेको बताएका छन् । अनि जेभलिन रुसी ट्यांकविरुद्ध प्रभावकारी नरहेकोमा पनि उनीहरू चिन्तित छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार, अमेरिकाको भण्डारमा भएको कुल जेभलिनको एक तिहाइ पुरानो सोभियतकालीन ट्यांकमा नष्ट भइसकेको छ ।