
काठमाडौं, ११ वैशाख ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता आजबाट शुरु भएको छ।
आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने भएका छन् ।
देशभरका ७५३ वटै स्थानीय तहमा वैशाख ३० गते एकैदिन स्थानीय तहको निर्वाचन हुँदैछ।
आयोगले शनिवार पत्रकार सम्मेलन गरी आईतवार र सोमवार १० बजेदेखि साँझ ५ बजेसम्मको समयमा उमेदवारी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।
सोही अनुसार केही दलहरू आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन् ।