हामीसँग जोडिनुहोस

महानगरको मेयर उपमेयरको टुंगो लगाउन काँग्रेस शीर्ष नेताहरुको बैठक सुरु

1 मिनेट

काठमाडौं,११ बैशाख ।
स्थानीय तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् ।
शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न नसकेपछि अहिले पार्टी सानेपामा छलफल भइरहेको छ । बिहान ९ बजे शीर्ष नेताको बैठक बस्ने पनि साढे १० बजेपछि मात्र छलफल सुरु भएको थियो ।
शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ । कार्यसम्पादन समिति बैठक ११ बजे बस्ने भनेपनि शीर्ष नेताहरु सहमतिकै खोजीमा अल्झिएको अवस्था छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ ।
यस्तै भरतपुर, पोखरा र विरगञ्जमा काँग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजिइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भएपनि काँग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।