हामीसँग जोडिनुहोस

संघीय चुनावमा सघाउनु पर्ने राप्रपाको माग

1 मिनेट

काठमाडौं, ११ वैशाख ।
नेकपा एमालेले भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने अन्तिम तयारी गरिरहेको छ। भरतपुर महानगरपालिकाको उपमेयर र केही वडा राप्रपालाई दिनेगरी तालमेल गर्न लागिएको नेकपा एमालेका एक नेताले बताउनुभयो । भरतपुर महानगरपालिकामा गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवारले मेयरमा ६ हजार ८ सय ४२ मत ल्याएका थिए।
एमालेले सातै स्थानीय तहमा मेयरको उम्मेदवार टुंगो लगाएको छ। ५ वटा तहमा उपमेयरको उम्मेदवार टुंगो लगाएको छ। राप्रपासँग तालमेल भएको अवस्थामा भरतपुर र माडीको उपमेयर पद दिने तयारी एमालेको छ।
राप्रपाले संघीय संसदको चुनावसम्मकै लागि सहमति गरेर जान चाहेकाले त्यसका लागि केन्द्रीय तहबाटै कसरत भइरहेको ती नेताले बताउनुभयो । राप्रपाका नेता विक्रम पाण्डे अबको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न चाहन्छन् । राप्रपाले उक्त निर्वाचनमा एमालेले सघाउनु पर्ने माग बैठकमा राखेको छ।
भरतपुर महानगरमा विजय सुवेदी, रत्ननगर नगरपालिकामा विमला दुवाडी, खैरहनीमा लालमणि चौधरी, राप्तीमा गोविन्द कँडेल, कालिकामा विनोद रेग्मी, माडीमा ताराकाजी महतोलाई मेयरको र इच्छाकामना गाउँपालिकामा दानबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।