हामीसँग जोडिनुहोस

चितवनमा पालिकासहित ९८ वटै वडामा सत्ता गठबन्धनको भागबन्डाको सहमति

1 मिनेट

काठमाडौं,११ बैशाख ।
चितवनमा सत्ता गठवन्धनले पालिकासहित ९८ वटै वडामा भागबन्डाको सहमति गरेका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका ९८ वटै वडामा भागबन्डा सहमति गरिएको जानकारी दिनुभयो । ती दलहरूले अब आआफ्नो भागमा परेका वडामा उम्मेदवारको टुंगो दलीय हिसाबले लगाउने जनाएका छन् ।
नेपाली कांग्रेसले जिल्लाका ५८, नेकपा (माओवादी केन्द्र )ले २६ र नेकपा (एकीकृत समाजवादी) ले १३ वटा वडाध्यक्ष पाउने सहमति गरिएको छ । तर, राष्ट्रिय जनमोर्चा र जनता समाजावादी दललाई भने गठवन्धनका ठूला दलले वडाध्यक्ष दिएका छैनन् ।
नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष भएको छ । उसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा उम्मेदवारी दिने भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।