हामीसँग जोडिनुहोस

काठमाडौंमा मेलम्चीको पानी वितरण  

1 मिनेट

काठमाडौं, ११ वैशाख ।
काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएको छ । खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गर्नुभएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईका अनुसार आज मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको छ । क्रमैसँग केही दिनभित्रै सबै पानी ट्यांकीबाट मेलम्चीको पानीको वितरण सुरु हुने उहाँले बताउनुभयो ।
केयूकेएलको मीनभवन शाखाका अनुसार आज विहान ९ देखि ११ बजेसम्म पानी वितरण गरिएको थियो । तालिका नबनिसकेकाले पानी कतिखेर आउँछ भन्ने तय भइसकेको छैन ।
प्रवक्ता राई केयूकेएलका शाखाहरुले आफैंले तालिका बनाएर पानी आउने समय सार्वजनिक गर्नेछन् । अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पनि केही दिनमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ ।
केही दिनमै दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुनेछ । गत वर्ष परीक्षा भइसकेका मेलमचीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा पुरानै धारामा पानी आउनेछ ।
२९ चैत २०७७ बाट मेलम्चीको सुरुङमा पानी हालेर सुरुङ भर्न थालिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।