
११ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताउनुभएको छ । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताउनुभएको छ । बक्तव्य जारी गर्दै उहाँले उपमेयर पदमा आफ्नो उम्मेद्वारीले युवा, महिला र सामाजिक–सांस्कृतिक अभियान्ता लगायत काठमाडौंबासीको भावना सम्बोधन भएको उल्लेख गर्नुभएको छ ।