
काठमाडौं, ११ वैशाख ।
पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल सहितको पारिवारिक टोली आज काठमाडौं फर्किने भएको छ । आज साझ ५ बजे बुद्ध एयरको विमानबाट काठमाडौंफर्कन लाग्नुभएको हो ।
स्रोतका अनुसार पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कामल संगै छोरी प्रेरणा, धिरेन्द्र पुत्री सिताष्मा लगायत करिब एक दर्जन आफन्त संगै फर्कन लाग्नुभएको हो । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्नेगरी एक महिना अघि झापा पुग्नुभएका ज्ञानेन्द्र परिवारले नया वर्ष मेची क्राउनमा मनाएका थिए ।