हामीसँग जोडिनुहोस

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट

1 मिनेट

११ वैशाख, काठमाडौं ।
१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ । श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको हो । विभागले इन्टरनेशनलका प्रोप्राइटर मनिष कुमार अग्रवाल, एच बि ट्रेड एण्ड सप्लायर्स का साझेदार हितेश कुमार अग्रवाल, एमके इन्टरनेशनलका प्रोप्राइटर प्रमित महर्जन, एच बि ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र गणपति ट्रेड लिङ्कका प्रोप्राइटर दीपेन्द्र कुमार अग्रवालविरुद्ध अभियोग पत्र दर्ता गरेको जानकारी दिएको छ । उनीहरूसँग सजाय हुने बिगो र जरिवानासहित ३६ करोड ११ लाख ३७ हजार २८६ रकम माग दाबी गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।