
रमेश गिरी
भक्तपुर, १९ असार । प्राबिधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाज नेपालको प्रथम राष्ट्रिय अधिवेशनले केन्द्रीय अध्यक्षमा श्री पद्म कलेजका प्राचार्य राम हाडालाई चयन गरेको छ ।
भक्तपुरमा सम्पन्न राष्ट्रिय अधिवेशनले उपाध्यक्षमा नन्दकुमारी महर्जन, देबेन्द्र खत्री र लक्ष्मी कुमार श्रेष्ठ, सचिबमा ध्रुवराज गिरी, कोषाध्यक्षमा बिष्णु सिग्देललाई चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा प्रदेश १ बाट दुर्गा दाहाल, २ बाट धिरेन्द्र चौधरी, ३ बाट ठाकुर प्रसाद उपाध्याय, ४ बाट रामप्रसाद सुवेदी, ५ बाट मोतिराम शर्मा, ६ बाट ढालबहादुर खत्री र प्रदेश ७ बाट गीता कुँवर र चयन हुनुभएको छ ।
भेलामा देशभरका प्राबिधिक तथा व्यावसायिक शिक्षा पढाई हुने बिद्यालयका प्राचार्य वा प्रतिनिधी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वा प्रतिनिधी र सञ्जालका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको अध्यक्ष हाडाले जानकारी दिनुभयो ।

Related

अन्य समाचार
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार
भक्तपुर महोत्सवमा एक लाख भन्दा बढीको आगमन, रु. ५० लाखको कारोबार






