हामीसँग जोडिनुहोस

एमाले अध्यक्ष ओलीद्धारा स्वतन्त्र चुनावविरुद्ध भएका घटनाको विरोध

1 मिनेट

काठमाडौं, ३१ बैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र चुनावविरुद्ध भएका घटनाको विरोध गर्नुभएको छ । अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गरी बिरोध जनाउनुभएको हो । उहाँले स्वच्छ चुनाव विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदातालाई आतङ्कित पारिएका ठाउँमा फेरि मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत भएको समेत जानकारी दिनुभएको छ । यस्तै ओलीले लाखौँ नयाँ मतदाता र एक सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ । उहाँले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गर्नुभएको छ । उहाँले अप्ठ्याराका बाबजुद चुनावलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।