हामीसँग जोडिनुहोस

अपेक्षा गरेअनुसार शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन नसकेको मानव अधिकार आयोगको निष्कर्ष

1 मिनेट

काठमाडौं, ३१ बैशाख ।
राष्ट्रिय मानव अधिकार आयोगले पालिका चुनाव अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले पत्रकार सम्मेलन गरी अपेक्षा अनुसार दल, उम्मेदवार र कार्यकर्ताले संयमितता अपनाउन नसकेको जनाएको हो । आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली, आयोगका कर्मचारी सम्मिलित ४५ वटा टोलीले ७७ जिल्लामा अनुगमन गरेको आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिनुभयो । उहाँले झडप, मतपेटिका तोडफोड, मतदान अधिकृत कुटिने जस्ता घटना भएका पनि बताउनुभयो । अध्यक्ष मगरले आयोगले गरेको अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको बताउनुभयो । त्यस्तै बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा र महोत्तरीलगायतका जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाईते भएको र मतदान प्रभावित भएको पाइएको आयोगले जनाएको छ । मानव अधिकार आयोगले मतदान स्थगन भएका क्षेत्रमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र सरकारलाई आग्रह गरेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।