हामीसँग जोडिनुहोस

प्रधानमन्त्री देउवाको गृह पालिकामा कांग्रेसको अग्रता

0 मिनेट

काठमाडौं, ३१ बैशाख ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याउनुभएको छ । यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याउँदा एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्ल १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।