
काठमाडौं, ३१ बैशाख ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याउनुभएको छ । यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याउँदा एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्ल १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





