
काठमाडौं, ३१ बैशाख ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । आज बिहान गणना भएको ३ सय ५६ मतमा नेकपा एमालेका वासुदेव थापाले १९८ मत पाउनुभएको । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायकमा उमपयेमा समेत एमालेकी सरिता भट्टराई १९७ मतसहित अग्रस्थानमा रहनुभएको छ । मेयरमा दोस्रो स्थानमा राप्रपाकी राधिका रानाभाटले ७० र कांग्रेसका निशान ढुङ्गेलले ६३ मत प्राप्त गर्नुभएको छ । भक्तपुरमा अन्य स्थानीय तहको पनि मतगणना आज नै शुरु हुनेभएको छ ।

Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






