हामीसँग जोडिनुहोस

भक्तपुर जिल्ला फुटबल लिग सुरु

2 मिनेट
भक्तपुर, १७ श्रावण । भक्तपुर जिल्ला फुटबल संघको आयोजनमा भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगितको उद्घाटन प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवा“ले महेश्वरी खेल मैदानमा बिहिबार एक समारोह बीच सुनिल किसिलाई फुटबल हस्तातरण गरी उद्घाटन गर्नु भयो ।
प्रमुख अतिथि उकेश कवाँले सरकारमा गएका नेतृत्वका कारण खेलकुद विकास नभएको बताउ“दै सरकारी बजेतको सहि सदुपयोग नगर्दा, राम्रो भन्दा आफ्नो मान्छेको छनौटले आफ्नो देश नेपालको अन्तराष्ट्रिय छबि समेत बिग्रेको बताउनु भयो । उहाँले खेलकुदलाई निष्पक्ष ढंगमा विकास र योगदान गरे स्तरीय खेलाडी उत्पादन हुने र व्यवसायीक खेलाडी तयार हुने बताउनु भयो । उहाँले पूँजीवादी व्यवस्थामा आर्थिक अभावमा खेलाडीहरु हराउने अपहेलित हुने, खेलकुद मंहगो र धेरै लगानी गर्नु पर्दा सक्षम खेलाडीहरु खेलकुदमा नआउने बताउ“दै समाजवादी देशमा खेलकुद राज्यको जिम्मामा हुने भएकोले राज्यले नै लगानी गर्ने र खेलाडी तयार गर्ने र नागरिकको लागि खेलकुद मौलिक हक हुने बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एंव वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले निर्णायकहरुले निर्णय गर्दा विवाद नहोउन भनेर दश नियम आएको पुर्नःताजगी कार्यक्रम र नया“ नियम बारे खेलाडीहरुलाई जानकारी दिनु पर्ने बताउनु भयो । उहाले विश्वव्यापी लोकप्रिय खेल फुटबल लगायत ६ वटा खेलमा नगरपालिकाले प्रशिक्षण संचालन गरिरहेको बताउनुभयो । उहा“ले भक्तपुरबाट खेलाडी तयार गर्न महेश्वरी खेलमैदान, शहीद स्मृति खेलमैदान, सिद्धपोखरी उत्तर पट्टिको खेलमैदान सुधार गर्ने र लिवालीमा नया“ कर्भडहल निर्माण गरिरहेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुमार चवालले भक्तपुरको पहिचानलाई ध्यानमा राखेर भक्तपुरको नाम उ“चो राख्ने हेतुले प्रतियोगितालाई अनुशासित ढंगले खेल खेल्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।
भक्तपुर जिल्ला लिगमा सिद्धि गणेश खेलकुद समिति, बासुकि युवा क्लब, नेपालय्, ख्वप युनाईटेड, भक्तपुर डिलाईट क्लब, भक्तपुर नगरपालिका, भक्तपुर युवा टिम, रियल फुटबल क्लब, भक्तपुर युथ फुटबल क्लब र स्विट्स सर्कलले सहभागी जनाउनु भएको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनु भयो ।
उद्घाटन खेल सिद्धि गणेश खेलकुद समिति बिरुद्ध बासुकी युवा क्लब बीच भएको खेलमा ८–२ गोलको अन्तरमा सिद्धि गणेशले विजय हासिल गरे ।
त्यस्तै दोश्रो खेलमा नेपालय् र ख्वप युनाईटेड बीच भएको खेलमा ४–१ गोलको अन्तरमा नेपालय्ले जित हासिल गरेको थियो भने भोलि भक्तपुर डिलाईट क्लब र भक्तपुर नगरपालिका ७ः३० बजे र अर्को खेल रियल फुटबल क्लब र भक्तपुर युथ फुटबल क्लब ९ः३० बजे हुने प्रतियोगिता संयोजक सुनिल प्रजापतिले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।