हामीसँग जोडिनुहोस

काठमाडौं उपत्यकामा एकै दिन २३ सय १९ जना सवारी चालकमाथि कारबाही

1 मिनेट

काठमाडौं, १ असार ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ३१९ जना सवारी चालकलाई कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लङ्घन गर्ने ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।