
काठमाडौँ, असार १ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो । अध्यक्ष लिङदेनले राष्ट्रियतालाई फेरि पनि सङ्कटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम (एसपीसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई सचेत गराउनुभयो ।