हामीसँग जोडिनुहोस

अमेरिकासँग एसपीपी सैनिक सम्झौता हुँदैछ भनेर झुटो प्रचार गरियो ः प्रचण्ड

0 मिनेट

काठमाडौं,०२ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताउनु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले अहिले एसपीपी सैनिक सम्झौता हुँदैछ भनेर राष्ट्रवादको झुटो प्रचार गरिएको बताउनुभयो । उहाँले त्यस्तो कुनै सम्झौता नभएको र नहुने पनि बताउनुभयो ।
एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु सन् २०१९ मै केपी शर्मा ओलीकै सरकारको पालामा भएको तथ्यहरू बाहिर आएको प्रचण्डको भनाइ छ । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता र नेपालको विकास र समृद्धिका पक्षमा द्धृढताका साथ उभिने भन्दै सत्ता गठबन्धन यस्तो कुराको पछि नलाग्ने पनि दाबी गर्नुभयो ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।