श्रावण १७, काठमाडौंको सुन्दरीजल, गोकर्णेश्वरदेखि सिनामंगलसम्म १ सय ८० रोपनी जग्गा विनामुआब्जा अधिग्रहण गरेपछि किसानहरु ४ महिनादेखि आन्दोलनरत छन् । आन्दोलनका कारण बागमती ‘ब्युटिफिकेशन’ कार्यक्रम ४ महिनादेखि नै ठप्प छ । जनप्रतिनिधिहरुसहित पीडित किसानहरु आफू गलत भए सरकारले कारबाही गर्नुपर्ने नभए मुआब्जा दिनुपर्नेमा जोड दिए।