
काठमाडौं, ११ असार ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ । आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।