हामीसँग जोडिनुहोस

यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनेछ : प्रचण्ड

1 मिनेट

काठमाडौं, ३२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ ।
आज भारत नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको बताउनु भयो । उहाँले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोर्होयाउनु भयो । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहाल हिजो दिउँसो भारत प्रस्थान गर्नुभएको थियो ।यस्तै आज बिहान अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गर्नुभएको छ । अध्यक्ष दाहालले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । भोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।