हामीसँग जोडिनुहोस

सौन्दर्य व्यवसायी संघमा पुनः ध्वोजु कै अध्यक्षतामा नयाँँ कार्यसमिति चयन

1 मिनेट

भक्तपुर । सौन्दर्य कला ब्यवसायी संघ नेपाल भक्तपुर जिल्ला समितिको पन्धौं वार्षिक साधारण सभा एव पाचौं अघिवेशनले पुनः समिता ध्वजुलाई अध्यक्षमा चयन गरेको छ । संघको उपाध्यक्षमा रेशमा प्रधान, सचिवमा अनिता ब्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना, सहकोषाध्यक्षमा अस्मिता श्रेष्ठ चयन भएका छन् । त्यस्तैसदस्यहरुमा विमला तुलाधर, चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वायना, सुभद्रा थापा, शर्मिला दुमरू, दिपा घजु, शान्ति सुवेदीलाई चयन गरेको छ । संघको सल्लाहकारमा मोहनप्रसाद प्रजापतिलाई चयन गरेको छ ।

कार्यक्रमको संंघका केन्दिय अध्यक्ष कमला श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले पनि शुभकामना मन्तव्य दिदै सौन्दर्य कलाको महत्वमाथि चर्चा गर्नु भयो । समितिका अध्यक्ष समिता घ्वोजुको सभापतित्वमा सम्पन कार्यक्रममा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसअघिको कार्यकालले गरेको राम्रा कामको मुल्याङ्कन गरि सवैलाई कदर पत्र एवं मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा ५० जनाको उपस्थिती रहेको थियो ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।