
श्रावण १७ , भक्तपुर । कलेजको नक्कली परिचयपत्र बनाउने भक्तपुरका दुर्इ जनालार्इ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्ल्याक्स प्रिन्ट पसलका संचालक प्रकाश मानन्धर र निश्चल श्रेष्ठ छन् । प्रकाश मानन्धर र निश्चल श्रेष्ठको साथबाट नक्कली परिचयपत्र ८ थान, जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर ३ को नक्कली रबरस्ट्याम्प १ थान, पेनड्राइभ १ थान, प्रिन्टर १ थान र परिचयपत्र काट्ने कटर १ थान बरामद गरेको छ ।