हामीसँग जोडिनुहोस

विद्यालय भवन उद्घाटन एवं हस्तान्तरण, अर्को भवन शिलान्यास

2 मिनेट

भक्तपुर, १७ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ५ मा रहेको कटुञ्जे आधारभूत विद्यालय भवन आज हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको उक्त विद्यालय भवन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपछि आज विद्यालयलाई भवन हस्तान्तरण गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नयाँ भवनको उद्घाटन गर्नुभयो ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा)को ८७ लाख ७ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको दुईतले भवन हस्तान्तरण एवं उद्घाटन गरिएको हो ।

त्यसैगरि सोही कार्यक्रममा सांसद बस्नेतले प्राधिकरण कै ६९ लाखको लागतमा विद्यालयमा निर्माण हुन लागेको अर्को नयाँ भवनको समेत शिलन्यास गर्नुभयो ।

कार्यक्रममा उहाँले भक्तपुरमा ५५ वटा विद्यालय पुर्ननिर्माण सम्पन्न भएको र सूर्यविनायक नगरपालिका क्षेत्रमा मात्रै २१ वटा विद्यालय पुर्ननिर्माण सम्पन्न भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले अब विद्यालयहरुले सीपमा आधारिसत शिक्षा दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले कटुञ्जेको शुसिला भैरबबाट ललितपुरको लुभु जाने, कटुञ्जेबाट बलचौर सडक, वडा कार्यालयबाट कोटडाँडा गुण्डु जाने सडक, चुनदेवी तीनधारा सडक, प्रधानमन्त्री स्वरोजगार कोषबाट कटुञ्जे तीनधारा सडक निर्माण सुरु भई यसै वर्ष कालोपत्र हुने बताउनुभयो ।

यो क्षेत्रमा अब खानेपानीको समस्या सबै समाधान गर्ने गरि कार्यक्रम अगाडि बढाएको बताउदै उहाँले उलका लागि एक करोडको बजेट विनियोजन भईसकेको बताउनुभयो ।

सांसद बस्नेतले कटुञ्जेको बनाचौरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सहित १०० शैयाको अस्पताल निर्माण गर्ने तयारी गरेकाले त्यस्ता विकासका काममा राजनीतिक आग्रह भन्दा माथि उठेर जानु पर्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउदै सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धि गर्न नगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा भूकम्प प्राधिकरण शिक्षा तर्फका भक्तपुर प्रमुख डिल्लीश्वर प्रधान, सूनपा ५ का वडा अध्यक्ष राजकुमार जोशी, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मनोज थापा लगायतले सूर्यविनायकलाई शिक्षामा भौतिक र गुणस्तरीय क्षेत्रबाट उत्कृष्ट बनाउनु पर्नेमा जोड दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।