हामीसँग जोडिनुहोस

भक्तपुर क्यान्सर र इवामुरा अस्पतालमा आकस्मिक अनुगमन

1 मिनेट

भक्तपुर, १७ साउन।  भक्तपुर नगरपालिका अनुगमन समितिले आज भक्तपुर नगरपालिका १ मा रहेको भक्तपुर क्यान्सर अस्पताल र सल्लाघारीमा रहेको डा.इवामुरा मेमोरियल अस्पतालमा आकस्मिक अनुगमन गरेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा भक्तपुर क्यान्सर अस्पताल १०० शैयाको स्विकृति लिई १४२ शैया संचालनमा रहेको, कर्मचारी ३०० जना रहेको, बिरामीलाई रगत आवश्यक भए रेडक्रसमा लिएको रगतको क्रसम्याच भए गर्ने अरु ठाउ“बाट ल्याएको रगत रेडक्रसले क्रसम्याच नगरेकोले समस्या देखिएको पाईएको छ ।

रगत क्रसम्याच मेसिन राख्नु पर्ने, ठाउ“ र मानव संशाधनको अभावमा सेवा प्रवाहमा प्रभावित भएको, रेडियो थेरापिमा म्यानपावर अभाव भएको, व्यवस्थापन समितिमा स्थानीय सरकार नगरपालिकाको प्रतिनिधि नभएको, पार्किड्ड व्यवस्थापन नभएकोले त्यसको व्यवस्थापन गर्न टोलीले निर्देशन दिएको छ ।

क्यान्सर अस्पताल २०५१ सालमा १५ शैयाबाट सुरु गरी विभिन्न व्यक्तिसंग आर्थिक भौतिक सहयोग लिई भवन, मेसिनहरु उपहारबाट प्राप्त भई संचालन भएको र कर्मचारीहरु सबै अस्पतालकै श्रोतबाट व्यबथपन गर्दै आएको अस्पताल प्रशासक राजाराम तजलेले जानकारी दिनुभयो ।

त्यस्तै सरकारले सिमित अनुदान दिने गरेको तर अहिले अस्पतालको आफ्नै जग्गा र नक्सापास भवन नहु“दा सरकारी अनुदान पनि रोक्ने संभावनाहरु भएकोले नगरपालिकाले नक्सा पास प्रक्रियामा समन्वय गरिदिन उहाँले जानकारी दिनुभयो ।

उहाँले फोक्सोको क्यान्सर र महिलाहरुमा पाठेघर भन्दा स्तनक्यान्सर बढी रहेको बताउदै उहा“ले क्यान्सरको भ्वाईलहरु कवाडिले किनेर सामान्य सफा गरेर ग्लिसिन राखेर ल्याउने सुचनाहरु आएकोले त्यस्ता सामानहरु इन्सिनेटरमा नष्ट गर्नु पर्ने भएकोले नगरपालिकाले पहल गरी सवै अस्पतालको खतरानाक फोहोरहरु नष्ट गर्ने प्रक्रियामा पहल गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरि अनुगमनमा डा.इवामुरा मेमोरियल अस्पतालमा ५१ शैया संचालन रहेको, कर्मचारी ११० जना रहेको, अस्पतालनमा गतवर्षको बाढीले दुई वटा सिटि स्क्यान बिग्रिएकोले उक्त सेवा उपलब्ध नभएकोले सो सेवा छिट्टै संचालन गर्न, आईसियु संचालनमा भएको तर भेन्टिलेटर नभएकोले भेन्टिलेटर सहितको आईसियु संचालन गर्न, ठाउ“ अभावमा सेवा प्रभावित भएको, वेडसिट फोहर देखिएकोले सुधार गर्नुपर्ने, व्यवस्थापन समितिमा नगरपालिका प्रतिनिधि राख्नुपर्ने र सरसफाईमा ध्यान दिने सुझाब दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।