काठमाडौँ, १८ साउन । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुन भदौ ४ गते नेपाल आउन लागेका हुन् । स्रोतका अनुसार संयन्त्रको बैठक भदौ ४ र ५ मा प्रस्ताव गरिएको छ तर, टुंगो लागिसकेको छैन ।
भारतको सहयोगमा सञ्चालित परियोजनाहरूको समीक्षा, नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन, भारतीय डुबान समस्या, पञ्चेश्वर र सीमा विवादलगायत विषयमा छलफल उक्त बैठकमा हुनेछ ।