हामीसँग जोडिनुहोस

भण्डारीको ६८ औं जन्मजयन्ती मनाईयो

1 मिनेट

भक्तपुर, १७ साउन:  नेकपा एमालेका संस्थापक महासचिव एवं जननेता स्व.मदन भण्डारीको ६८ औं जन्मजयन्ती मनाएको छ ।
मदन भण्डारी फाउन्डेसन भक्तपुरले जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशन भक्तपुरलेआयोजना गरेको विचार गोष्ठिमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रमलाई बोल्दै पाण्डेले भण्डारीकै कारण नेपालको कम्युनिष्ट पार्टी आज सत्तामा पुग्न सकेको जिकिर गर्दै यतिबेला भण्डारीको विचार अनुसार कम्युनिष्ट पार्टी अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले यतिबेला पार्टिभित्र आन्तरिक समस्या देखिएको भन्दै त्यसको समाधान गर्न नसके कम्युनिष्ट पार्टी कमजोर हुने भनाई राख्नुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद शशि जंग थापा, प्रतिभा श्रेष्ठ र सरस्वती वाटी, नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति, नेकपा केन्द्रिय सदस्य भक्तपुर सह–इन्चार्ज एवं चागँुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, गरिबी निवारण कोषका उपाध्यक्ष तथा नेकपा प्रदेश कमिटि सदस्य निर्मल कुमार भट्टराई, लगायतले मदन भण्डारीको सरल जीवाशैली र उहाँको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।