हामीसँग जोडिनुहोस

कृष्ण जन्माष्टमीमा भक्तपुरमा दिप यात्रा (फोटो फिचर)

1 मिनेट

काठमाडौं, ०३ भाद्र ।
भक्तपुरमा सर्वसाधारणले हात र टाउकोमा बलेको दियो राखेर खाली खुट्टा नगर परिक्रमा गरेका छन्। शुक्रबार उनीहरुले दतात्रय नारायण मन्दिरदेखि हात र टाउकोमा बलेको दियो राखेर खाली खुट्टा नगर परिक्रमा गरेका हुन्। भाद्र कृष्ण अष्टमी को अवसरमा दिपावली गरिएको हो। नेवाः समुदायको सांस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका थिए । दिप यात्रासँगै घिन्ताङ घिसी, माक प्याख लगायतका नाच समेत प्रदर्शन गरिएको थियो । सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा मतयाः निकालिने परम्परा छ। दिप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारु समापन हुने गर्छ। ‘नारायण दिप यात्रा’ नाम दिइएको सो दिपावली मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।