तनहुँ, १८ साउन । तनहुँको म्याग्दे गाँउपालिका वडा नं १ गुणदीस्थित १५ वर्षिय एक किशोरमा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । उनलाई उपचार क्रममा दमौली अस्पतालमा ल्याईएको र पाँच दिन सम्म रहँदा पनि ज्वरो ठिक नभएपछि डेंगुको संका लागेपछि जिल्ला स्वास्थ्य कार्यालय तनहुँले पोखरा रेफर गरेको थियो । अहिले उनको पोखारामै उपचार भईरहेको छ ।