
दोलखा, १८ श्रावण। दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राति पहिरो खस्दा १० घर पुरिँदा २ जना बेपत्ता भएका छन् । ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएका हुन । पहिरोले पुरिन लागेको बस निकाल्दा सम्पर्कविहीन भएका हुन । अझै ११ घर अति जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् ।