हामीसँग जोडिनुहोस

लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

1 मिनेट

काठमाडौं, २३ भदौ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया पिजेनलाई ५(१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । त्यस्तै फ्रान्क कीस्से र फेरान टोरेजले एक एक गोल गरेका थिए ।त्यस्तै भिक्टोरिया पिजेनका लागि जान सिकोराले एक गोल गरेका थिए ।
यो जितसहित समुह सि मा रहेको बर्सिलोनाले ३ अंक हासिल गरेको छ । त्यस्तै यसै समुह मा रहेको बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई २(१ ले पराजित गरेको छ । बायर्नको जितमा लिरोय सानेले एक गोल गरेका थिए भने इन्टरका डानिलो डी एम्ब्रोसियोले एक गोल आत्मघाती गरेका थिए । यो जितपछि बायर्नले पनि ३ अंक हासिल गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।