हामीसँग जोडिनुहोस

देशभर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान :घर वरपर जमेको पानी फाल्न डाक्टरको सुझाव

1 मिनेट

काठमाडौं, २३ भदौ । देशका विभिन्न ठाउँमा डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र पालिका तहसँग समन्वय गरिरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश र पालिका सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरी काम थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।
समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले पनि सबैलाई हप्ताको एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ । कार्यालय प्रमुख वसन्त अधिकारीले डेङ्गी सङ्क्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको ठाउँमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न अपिल गर्नुभएको हो । उहाँले डेङ्गीको नियन्त्रण लामखुट्टेको नियन्त्रणबाट मात्र सम्भव हुने भएकाले एक पटक मात्र लार्भा र अण्डा नष्ट नगरेर पटक पटक गर्नुपर्ने बताउनुभयो । ललितपुर महानगरले पनि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गर्दा पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, ड्रम, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लाष्टिकको बोतल तथा भाँडा, पानी जम्ने गरी राखिएको भाँडा आदिमा लामखुट्टेको लार्भा तथा अण्डा पाइने हुँदा जमेको पानी फाल्न डाक्टरको सुझाव छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।