हामीसँग जोडिनुहोस

निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी, यत्तिकै छाड्न नहुने सदस्यहरूको भनाइ

1 मिनेट

काठमाडौँ,२८ भदौ ।
महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ ।

आज मङ्गलवार बसेको समितिको बैठकले आजसम्म बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा छलफल गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भएको बताउनुभयो ।

जबराले सर्वोच्च अदालतलाई दलहरूले सेटिङका आधारमा चलाउने गरेको, न्यायाधीशहरूले स्वार्थका आधारमा फैसला गर्ने गरेको, आफूले भनेअनुसारका फैसला नआएमा सिधा तथा घुमाउरो बाटोबाट न्यायाधीशहरूलाई सिध्याउने गरेको लगायतका आरोप लगाउनुभएको छ । यस्तै उहाँले पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले पनि सर्वोच्च अदालतका नियुक्तिमा भाग खोज्ने गरेको आरोप लगाउनुभएको थियो । उहाँले लगाएका आरोप गम्भीर प्रकृतिका भएको भन्दै समितिले आरोपित व्यक्तिलाई पनि बोलाउने तयारी गरेको हो ।

समिति सदस्य साहले आरोप लगाइएका व्यक्तिका कुरा पनि सुनिनुपर्छ भन्ने मान्यताअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले महाअभियोग गम्भीर कुरा भएको उल्लेख गर्दै जबराविरुद्ध बयान र प्रमाणहरू मेल खाएको समेत दाबी गर्नुभयो । समितिले अस्ति आइतवारसम्म ३५ वटा प्रश्न गरेको छ । जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिले अहिले पनि बयान लिइरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।