हामीसँग जोडिनुहोस

तरलता कमी भएपछि पुन: २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

1 मिनेट

काठमाडौं, ३० भाद्र ।
बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि नेपाल राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले आज रिपोमार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो । उक्त रिपोको अवधि ७ दिनको रहेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि २३ भदौमा १४ दिन अवधिको उक्त रिपोमार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ नै तरलता बैंकहरूमा पठाएको थियो । उक्त रिपोको अवधि अझै एक साता बाँकी रहेको छ । उक्त रिपोको अवधि नसकिदै केन्द्रिय बैंकले थप २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो । बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकम बोलकबोल गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपोमार्फत तरलता पठाइसकेको थियो । यस्तै १४ अर्ब ८५ करोडको ओभरनाइट पर्चेजमार्फत बैंकमा तरलता पठाइसकेको छ । बैंकहरुले २९ भदौसम्म १६ खर्ब १६ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) र ४१ अर्ब ५७ करोड ओभरनाइट रिपो गरि १६ खर्ब ५८ अर्ब ५३ करोड ३० लाख रुपैयाँ तरलता सुविधा प्रयोग गरिसकेका छन् । जसमध्ये २९ भदौसम्म बैंकहरुले भुक्तानी तरलता सुविधा वापतको राकम एक खर्ब ६१ अर्ब ८७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।